ओमिक्रोनबाट १८ जनाको मृत्यु



Download our app to get more features

ऐजेन्सी, २१ पुस । डेनमार्कमा कोरोनाको ओमिक्रोन भेरियन्टबाट कम्तीमा पनि १८ जनाको मृत्यु भएको बताइएको छ। यहाँका स्वास्थ्यकर्मीहरूले गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म यहाँ ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको बताएका छन्।

डेनमार्कसहित फ्रान्स, ग्रिस, पोर्चुगल, इटाली, बेलायतलगायत अन्य युरोपेली देशमा पछिल्ला हप्ताहरुमा उच्च संख्यामा सङ्क्रमित भेटिएका समाचारहरू आइरहेका बताइएको छ।

पछिल्ला दिनहरुमा क्रिसमस बिदा र नयाँ वर्षको पूर्वसन्ध्यामा मानिसहरुको जमघटका कारण पनि युरोपमा कोभिड तीव्र गतिमा फैलिएको बताइएको हो।

यता, डेनमार्कमा भने ओमिक्रोनको  सङ्क्रमण बढ्दै गएको अधिकारीहरूले जानकारी दिएका छन्।

Last modified on 2022-01-05 13:04:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts