विहान नियमित दौडनुस्,हुने छन् यस्ता फाइदा...



Download our app to get more features

दौडनु स्वास्थ्यका लागि लाभदायक हुन्छ । आज भोली मर्निङ वाक तथा जगिङ धेरै शहरीया मानिसको दिनचर्या नै हो । धेरैले बिहान दौडने बानी वजन नियन्त्रणका लागि मात्र सहयोगी हुने ठान्छन् र वजन बढी भएका मानिस मात्र पेट घटाउन दौडिने गर्छन् । तर दौडनुका फाइदा त्यत्तिमा मात्र सिमित छैन ।

दौडनुका दश फाइदा यस्ता छन् :

–दौड शरीरको उर्जा दहनको सबैभन्दा सरल तथा छिटो उपाय हो । यदि छिटै मोटोपन घटाउने चाहना छ भने नियमित रुपमा दौडनु आवश्यक हुन्छ । यसले शरीरको पाचन प्रक्रिया तथा उपापचयनलाई समेत गति प्रदान गर्छ ।

–दौडनु हड्डीका लागि समेत लाभदायक हुन्छ । दौडने मानिसको खुट्टाको हड्डी मजबुत हुन्छ । यसले शरीरका अरु भागका हड्डी पनि बलियो तथा स्वस्थ बनाउनका साथै जोर्नीलाई समेत स्वस्थ राख्छ ।

–दौडनु मुटुका लागि समेत लाभदायक हुन्छ । दौडका कारण शरीरको रक्तसंचार सन्तुलित हुन्छ । यसले विभिन्न खाले रक्त तथा मुटुरोगको जोखिम पनि कम गर्छ ।

–दौडिने बानीले शरीरको उर्जाक्षमता पनि बढाउँछ । यसबाट बढी थकान महसुस हुने जस्ता समस्या दूर हुन्छन् । यसले शरीरमा ताजगी पैदा गर्छ । दौडका कारण शरीरमा हर्मोनको उत्पादन बढी हुने भएकाले सरीरमा उर्जाको संचार बढी हुन्छ ।

–दौडले शरीरको रोग प्रतिरोधी क्षमतामा समेत विकास गर्छ । नियमित रुपमा दौडिने मानिसमा एलर्जी, रुघाखोकी लगातका रोगले सताउने जोखिम कम हुन्छ ।

–दौडेले मस्तिष्कलाई तेज बनाउँछ । दौडिँदा सरीरमा रक्तसंचार समेत नियमित हुने भएकाले मस्तिष्कमा पनि रक्तसंचार बढी हुन्छ । विज्ञहरुका अनुसार नियमित रुपमा दौडिने मानिसको स्मरणशक्ति पनि बढी हुन्छ ।

–दौडले मानिसमा तनाव समेत कम गर्छ । दौडिँदा लामो स्वास लिनु आवश्यक हुन्छ । यसले मस्तिष्कमा बढी अक्सिजन प्रवाह हुन गई तनाव कम गर्छ ।

–दौडले पाचन प्रक्रिया पनि नियमित गर्छ । अपच हुने, कब्जियत हुने जस्ता समस्या भएकाहरुलाई नियमित दौडले निकै फाइदा पुर्याउँछ । 

–निद्रा नलाग्ने समस्या छ ? यदि त्यसो हो भने हरेक दिन विहान आधा घण्टा दौडिने गर्नुहोस् । दौडिने बानीले तपाइँलाई रातमा गहिरो निद्रा पर्छ ।

–नियमित दौडले रगतमा कोलेस्टेरोलको लेभल घटाउँछ । यसले उच्च रक्तचाप लगायतका समस्या कम गर्छ ।

–नियमित दौडिने बानी भएका मानिसमा मधुमेहको जोखिम आधाले कम हुने बताइन्छ ।

–नियमित रुपमा दौडिने मानिसमा छिटो बुढ्यौलीका लक्षण देखिने खतरा पनि कम हुन्छ ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2022-01-06 12:45:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts