अफगानिस्तानका ५५ प्रतिशत जनता चरम खाद्यसंकटमा



Download our app to get more features

एजेन्सी, २२ पुस ।  संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा खाद्यान्न संकट चरम अवस्थामा रहेको चेतावनी दिएको छ। २३ मिलियन जनसंख्याको लगभग ५५ प्रतिशत जनसंख्या  चरम स्तरको भोकमरीको सामना गरिरहेका छन्।

अफगानिस्तानको जाडोको कडा चिसोमा साना केटाकेटीहरू अस्थायी शिविरहरूमा कम्बलको मुनि ओगटेका छन्।  जबकि अस्पतालहरूमा बिरामी बच्चाहरू आफ्ना आमाहरूको सबै खाममा बुर्कामा बेरिएका छन्।

यसैबीच खाद्य वितरण केन्द्रहरूमा लामो लाइनको भिड रहेको छ।  देशका जनता निराशाको चरम खाडलमा डुब्दै गरेको राष्ट्रसंघले जनाएको छ।

अगस्ट १५ मा तालिबानले काबुलमाथि कब्जा गरेपछि त्यहाँको अवस्था थप विकराल रहेको छ। अर्थतन्त्र विकराल अवस्थामा छ। अस्पतालमा बिरामीको चाप बढ्दो छ।

सालिहा नामकी एक महिलाले आफ्नो शिशु पौष्टिक आहारा नपाएर कुपोषणबाट गुज्रिन परेको बताइन्।

अफगानिस्तान जनताका लागि  रोटी एक मात्र प्रमुख खाना हो। महिला र बालबालिका रोटी लिन बिहानै बेकरी बाहिर लाइनमा बस्छन्।

विश्व स्वास्थ्य संगठनले लाखौं बालबालिका कुपोषणबाट ग्रस्त भएको बताएको छ। राष्ट्रसंघले अफगानिस्तानको ९७ प्रतिशतले जनता गरिबीको रेखामुनि हुने प्रक्षेपण गरेको छ।

Last modified on 2022-01-07 16:27:54


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts