विश्वमा कोरोना संक्रमित हुनेको संख्या ३० करोड नाघ्यो



Download our app to get more features

काठमाडौं, २३ पुस । विश्वभर कोरोना संक्रमित हुनेको संख्या ३० करोड नाघेको छ। गत २४ घण्टामा २३ लाख ६३ हजार जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३० करोड ५ लाख ४२ हजार पुगेको हो।

पछिल्लो २४ घण्टामा अमेरिकामा ६ लाख ४७ हजार, फ्रान्समा २ लाख ६१ हजार, इटलीमा २ लाख १९ हजार, वेलायतमा १ लाख ८० हजार र भारतमा १ लाख १४ हजार नयाँ संक्रमित थपिएका छन्।

यस्तै, अर्जेन्टिनामा १ लाख १० हजार, टर्कीमा ६८ हजार ४००, जर्मनीमा ५६ हजार ७०० र ब्राजिलमा ४४ हजार जना संक्रमित थपिएका छन्।

उक्त अवधिमा ६ हजार २५९ जनाको मृत्यु भएको छ। जसमध्ये अमेरिकामा १ हजार ६१८, रसियामा ८०२, पोल्याण्डमा ६४६, जर्मनीमा ३०५, वेलायतमा २३१ र फ्रान्समा २०४ जनाको मृत्यु भएको छ।

यस्तै, इटलीमा १९८, ब्राजिलमा १७१, टर्कीमा १५६ र भारतमा ३५ जनाको मृत्यु भएको छ। विश्वभर ३ करोड ७६ लाख सक्रिय संक्रमित रहेका छन्। जसमध्ये झण्डै ९३ हजार जनाको अवस्था गम्भीर रहेको छ।

Last modified on 2022-01-07 11:05:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts