ओमिक्रोनलाई ‘कम घातक’ नठान्न डब्लूएचओको चेतावनी



Download our app to get more features

ऐजेन्सी,२३ पुस । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले ओमिक्रोन भेरियन्टलाई ‘कम घातक’ नठान्न चेतावनी दिएको छ । 

डब्लूएचओले ओमिक्रोनलाई  ‘कम घातक’ भनेकोमा चेतावनी दिँदै यसले विश्वभर मानिसहरूको ज्यान लिइरहेको बारेमा सचेत गराएको हो ।

डब्लूएअचओका प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले पछिल्ला अध्ययनमा ओमिक्रोनले पछिल्ला भेरियन्टको तुलनामा मानिसहरूलाई गम्भीर नबनाउने देखाएको छ । तर, यसबाट रेकर्ड सङ्ख्यामा मानिसहरू संक्रमित भइरहेका कारण स्वास्थ्य व्यवस्थामा चाप बढाएको बताएका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा डा.टेड्रोसले भने, ‘पहिलाका भेरियन्टजस्तै ओमिक्रोनले मानिसहरूलाई अस्पतालमा भर्ना गरिरहेको छ, ज्यान लिइरहेको छ । संक्रमितको सुनामी यति ठूलो र तीव्र छ कि यसले विश्वभरकै स्वास्थ्य व्यवस्थालाई तहसनहस बनाउँदैछ ।’ 

डब्लूएचओका अनुसार पछिल्लो हप्तामा विश्वभर ७१ प्रतिशतले संक्रमितको  सङ्ख्यामा वृद्धि भएको र अमेरिकामा यो सङ्ख्या १०० प्रतिशत रहेको छ । गम्भीर बिरामीहरूमध्ये ९० प्रतिशत खोप नलगाएकाहरू छन् ।

Last modified on 2022-01-07 13:59:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts