बलिउड अभिनेत्री स्वरा भास्करलाई कोरोना संक्रमण



Download our app to get more features

एजेन्सी,२३ पुस । बलिउड अभिनेत्री स्वरा भास्करलाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वराले ट्वीट गर्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी छन् । बुधबार उनको आरटी-पीसीआर परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको हो । 

स्वराले कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाइसकेकी थिइन् ।

ट्वीटमा उनले आफूलाई टाउको दुख्ने र स्वाद थाहा नपाउने सामान्य लक्षण देखिएको उल्लेख गरेकी छन् । आफू ‘डबल भ्याक्सिनेटेड’ भएकाले यो अवस्थालाई सजिलै पार गर्न सक्ने भन्दै स्वराले आफू र परिवारको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिएकी छन् ।

पछिल्लो समय भारतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भएसँगै बलिउड कलाकारहरु पनि संक्रमित भइरहेका छन् । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts