विद्यार्थीलाई घरमा बोलाएर खोप लगाइदिने शिक्षिका पक्राउ



Download our app to get more features

एजेन्सी, २३ पुस ।  चिकित्सकीय योग्यताबिना विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइदिएको आरोपमा अमेरिकाको न्युयोर्कस्थित एक विद्यालयकी शिक्षिकलाई पक्राउ गरिएको छ । 

शिक्षिका लौरा रुसोले एक १० वर्षीय विद्यार्थीलाई घरमै खोप दिएकी थिइन् । उनीसँग खोप लगाइदिने अनुमति थिएन उनले विद्यार्थीका आमाबुवासँग अनुमति पनि मागेकी थिइनन् ।

जीव विज्ञान पढाउने ५४ वर्षीय रुसोलाई नववर्षको पूर्वसन्ध्या पक्राउ गरिएको थियो। दोषी प्रमाणित भए उनलाई चार वर्षको जेल सजाय हुन सक्छ। 

प्रहरीका अनुसार रुसोले उक्त खोप कसरी पाइन् र त्यो कुन कम्पनीको हो भन्ने स्पष्ट छैन । हालसम्म अमेरिकामा फाइजर–बायोएनटेकको खोप मात्र १८ वर्षभन्दा कम उमेर समूहका व्यक्तिमा प्रयोग अनुमति दिइएको छ ।

लङ आइल्यान्डमा भएको उक्त घटनामा शिक्षिकाले ती किशोरलाई तिमीलाई राम्रो हुन्छ भनेकी छन् । 

ती किशोर घर फर्किएपछि उनका आमाबुबाले प्रहरीलाई तत्काल घटनाबारे जानकारी दिएका थिए । र, उनलाई प्रहरीले पक्राउ गरेको थियो।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts