भारतमा एकै दिन १ लाख १७ हजार कोरोना संक्रमित थपिए, मुम्बईमा लकडाउनको तयारी



Download our app to get more features

एजेन्सी, २३ पुस । भारतमा कोभिड संक्रमितको संख्या तीव्ररूपमा बढेको छ । पछिल्लो २४ घन्टामा एक लाख १७ हजार १०० जनामा संक्रमण देखिएको छ। यो अवधिमा ३०४ जनाको कोभिडका कारण  मृत्यु भएको छ। 

भारतमा एक साताअघि दैनिक संक्रमण १० हजार थियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या बढेको छ। 

भारतमा २६ राज्यमा ओमिक्रोन भेरियन्ट देखिएको छ । सात महिनापछि पहिलो पटक दैनिक संक्रमितको संख्या एक लाख नाघेको हो । सन् २०२१ को ६ जुनमा भारतमा १ लाखभन्दा बढी नयाँ संक्रमित देखिएका थिए ।

कोभिडबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित छ । महाराष्ट्रमा शुक्रबार ३६ हजार २६५ नयाँ संक्रमित भेटिएका छन् । यस्तै, संक्रमण बढेपछि मुम्बईमा लकडाउन गर्ने तयारी भएको छ ।

Last modified on 2022-01-07 16:26:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts