विश्वमा एकै दिन २६ लाखमा कोरोना पुष्टि‚ ६ हजारभन्दा बढीको मृत्यु



Download our app to get more features

काठमाडौं, २४ पुस । पछिल्लो २४ घण्टामा विश्वभर झण्डै २६ लाख मानिसमा कोरोना पुष्टि भएको छ। कोरोनाको ओमिक्रोन भेरियन्टको प्रकोप बढेसँगै दैनिकजसो संक्रमितको संख्या बढिरहको छ।

पछिल्लो पटक अमेरिकामा ७ लाख ५५ हजार जनामा कोरोना पुष्टि भएको छ। फ्रान्समा ३ लाख २८ हजार, बेलायतमा १ लाख ७८ हजार, भारतमा १ लाख ४१ हजार र स्पेनमा १ लाख १५ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै, अर्जेन्टिनामा १ लाख १० हजार, इटलीमा १ लाख ८ हजार, अस्ट्रेलियामा ७८ हजार, टर्कीमा ६३ हजार र जर्मनीमा ५९ हजार जनामा कोरोना पुष्टि भएको छ।

सोही अवधिमा कोरोना संक्रमणबाट विश्वभर ६ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये अमेरिकामा १ हजार ७६८, रसियामा ७८७, जर्मनीमा २८४, भियतनाममा २३३, बेलायतमा २२९, इटलीमा २२३ र फ्रान्समा १९३ जनाको मृत्यु भएको छ।

Last modified on 2022-01-08 10:05:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts