ब्लु क्रस अस्पतालको आयोजनामा कोभिड सचेतना तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न



Download our app to get more features

काठमाडौं,२४ पुस । ब्लु क्रस अस्पतालको आयोजनामा कोभिड सचेतना तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

अस्पतालले नेपालमा देखिएको ओमिक्रोन भेरिएन्टलाई मध्यनजरमा राख्दै कोभिड सचेतना तथा अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको बताएको छ । 

अन्र्तक्रियामा सहभागी भएकाहरुले नेपालमा देखिएको ओमिक्रोन,यसले पार्ने प्रभाव,कोरोना संक्रमण भइसकेकाहरुले ध्यान दिनुपर्ने कुरा र कोरोनाविरुद्वको खोप लगाएका पुन कोरोना लाग्ने सम्भावनाको बिषयमा धेरै जिज्ञासा राखेका थिए । 

सहभागीले राखेका जिज्ञासाहरुलाई पल्मोनोलोजिस्ट डा.नविन कुमार मिश्र,पल्मोनोलोजिस्ट डा.विदेश बिस्ट र जेनेरल फिजिसियन डा.त्रिलोकी नाथ गुप्ताले मेटाएका थिए । 

पल्मोनोलोजिस्ट डा.नविन कुमार मिश्रले ओमिक्रोनबाट बच्नका लागि सर्वसाधरणहरुले ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए । उनले स्वास्थ्य मापदण्डका कुराहरुलाई ध्यान दिएमा ओमिक्रोनबाट बच्न सकिने बताए । 

त्यस्तै डा. त्रिलोकी नाथ गुप्ताले ओमिक्रोन भेरिएन्ट नेपालमा आइराख्दा हामीले स्वास्थ्य मापदण्डका कुराहरुलाई ध्यान दिन छाडेको बताए । उनले कोरोनाविरुद्वको खोप लगाएकालाई पनि संक्रमण हुन सक्ने बताउदै सचेत रहन सुझाव दिए । 

अन्र्तक्रिया कार्यक्रमसँगै ब्लु क्रसले हेल्थ क्याम्पको पनि आयोजना गरेको थियो । क्याम्पमा सुगर र ब्लड प्रेसरको चेक निशुल्क गरिएको थियो भने प्रत्यक्ष रुपमा चिकित्सकसँग परामर्श सेवा उपलब्ध थियो । हेल्थ क्याम्पबाट १ सय २३ जनाले सेवा लिएका छन् ।

अस्पतालले आईसिएफसि र रोर्टरी क्लब डिलीबजारको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । 

आगामी दिनमा पनि कोरोना महामारीलाई मध्यनजर गर्दै सचेतनाका कार्यक्रमहरु गरिरहने अस्पतालले जनाएको छ ।

Last modified on 2022-01-08 16:25:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts