कोरोनाविरुद्धको मोल्नुपीराभिर नामक औषधिलाई मेक्सिकोमा आपतकालीन प्रयोगका लागि अनुमति



Download our app to get more features

बीबीसी, २५ पुस । मेक्सिकोले कोरोनाविरुद्धको मोल्नुपीराभिर नामक औषधिलाई कोरोना सङ्क्रमितको उपचारमा प्रयोगका लागि अनुमति दिएको छ । 

मेक्सिकोका राष्ट्रपति एन्द्रेस म्यानुअल लप्रेस अब्रादोरले स्वास्थ्य नियामक निकायले मर्क नामक औषधि उत्पादक कम्पनीले कोभिड १९ विरुद्धको औषधि मोल्नुपीराभिरलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको बताए । 

यो औषधि कोरोना सङ्क्रमित बिरामीको उपचारमा ७० प्रतिशत प्रभावकारी रहेको पाइएको दावी गरिएको छ ।

मेक्सिकोको स्वास्थ्य विनियामक COFEPRIS ले एक वक्तव्य जारी गरेर यसको पुष्टि गरेको हो ।

राष्ट्रपति एन्द्रेसले मेक्सिकोको स्वास्थ्य नियामक निकायले फाइजरले बनाएको प्याक्सलोभिडलाई पनि चाँडै नै प्रयोगका लागि अनुमति दिने बताए । 

यी दुबै औषधि अमेरिकाले गत महिना कोरोना सङ्क्रमितको उपचारका लागि
आपतकालीन प्रयोग गर्न अनुमति दिएको थियो । 

यी औषधिको प्रयोगले अस्पताल भर्ना हुने दरलाई ३० प्रतिशतसम्म कम गर्ने गरेको क्लिनिकल परीक्षणको क्रममा दावी गरिएको छ ।

Last modified on 2022-01-09 10:40:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts