विश्वभर एकै दिन २२ लाखमा कोरोना संक्रमण



Download our app to get more features

काठमाडौं, २५ पुस । विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख ८९ हजार २२३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३० करोड ५८ लाख नाघेको छ।

पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा संक्रमण बढेसँगै दैनिकसंक्रमितको संख्यासमेत उच्च हुन थालेको हो। पछिल्लो २४ घण्टामा अमेरिकामा ३ लाख ६४ हजार, फ्रान्समा ३ लाख ३ हजार, इटलीमा एक लाख ९७ हजार, बेलायतमा एक लाख ४७ हजार थपिएका छन्।

सो अवधिमा ५ लाख ७५ हजार ९४५ संक्रमणमुक्त भएका छन् भने ४ हजार ७०१ जनाको मृत्यु भएको छ ।

Last modified on 2022-01-09 08:25:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts