भारतमा दैनिक कोरोना संक्रमित हुनेको संख्या २ लाख नजिक 



Download our app to get more features

काठमाडौं,२६ पुस । भारतमा दैनिक कोरोना  संक्रमितको संख्या २ लाख नजिक पुगेको छ । 

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार कोभिड-१९ का एक लाख ७९ हजार ७ सय २३ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १४६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख २३ हजार ६ सय १९ पुगेको छ । त्यस्तै, दैनिक संक्रमण दर (पोजिटिभिटी रेट) १३.२९ प्रतिशत रहेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

भारतमा कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित समेत बढिरहेका छन् । त्यहाँ हालसम्म ४ हजार ३३ जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ । ओमिक्रोनका संक्रमितमध्ये महाराष्ट्रमा सबैभन्दा धेरै छन्


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts