विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ करोड नाघ्यो



Download our app to get more features

एजेन्सी, २७ पुस । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ३१ करोड नाघेको छ । पछिल्लो समय विश्वका विभिन्न मुलुकमा कोरोनाको तेस्रो चरणको लहर सुरु भएदेखि दैनिक २० लाखभन्दा बढीका दरले कोरोना सङ्क्रमित थपिन थालेपछि सङ्क्रमण दर पनि उकालो लाग्दै गएको छ ।

गत २४ घन्टामा मात्रै विश्वभर २१ लाख २ हजार ८ सय ७९ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ३१ करोड १ लाख १९ हजार ८ सय ५८ पुगेको छ । 

गत २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा ६ लाख ७३ हजार ८ सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै भारतमा १ लाख ६१ हजार ५ सय ५, बेलायतमा १ लाख ४२ हजार २ सय २४ र इटलीमा १ लाख १ हजार ७ सय ६२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरले जनाएको छ । 

यस्तै गत २४ घन्टामा विश्वभर थप ४ हजार ६ सय ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । सबैभन्दा धेरै अमेरिकामा १ हजार २ जनाको मृत्यु भएको छ भने रुसमा ७ सय ४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

यस्तै फ्रान्समा २ सय ८०,  इटलीमा २ सय २७, बेलायतमा १ सय ११ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण हालसम्म ५५ लाख ११ हजार ९ सय ५५ जनाको मृत्यु भइसकेको छ । 

यस्तै गत २४ घन्टामा विश्वभर रहेका सक्रिय सङ्क्रमित मध्ये ९ लाख ५५ हजार ७७ जना स्वस्थ भएका छन् । योसँगै विश्वभर हालसम्म कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या २६ करोड ५ लाख ५७ हजार ४ सय १ पुगेको छ ।

Last modified on 2022-01-11 10:22:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts