विश्वमै पहिलोपटक मानिसमा सुँगुरको मुटु प्रत्यारोपण, कस्तो छ व्यक्तिको स्वास्थ्य ?



Download our app to get more features

एजेन्सी, २७ पुस । विश्वमै पहिलोपटक सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको छ । 

अमेरिकाको युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल स्कुलले एक वक्तव्य जारी गर्दै ऐतिहासिक सफलता पाएको बताएको छ । 

अमेरिकाका ५७ वर्षका एक पुरुषमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको युनिभर्सिटीले जनाएको छ । डेविड वेनेट नामक ती व्यक्ति विभिन्न स्वास्थ्य समस्यासँग जुझ्दै आएका थिए । 

आनुवंशिक रुपमा परिमार्जित सुँगुरको मुटु प्रत्यारोपण गरिएका उनी विश्वकै पहिलो व्यक्ति हुन् ।

बाल्टिमोरमा चार दिन पहिले शल्यक्रियामार्फत मुटु प्रत्यारोपण गरिएको हो । अहिले उनको अवस्था राम्रो रहेको चिकित्सकहरुले बताएका छन् ।

डेविडको जीवन रक्षाका लागि एक मात्र अन्तिम विकल्पका रुपमा प्रत्यारोपण रहेको थियो । तर, अहिले अवस्था राम्रो रहे पनि प्रत्यारोपण गरिएको मुटुले उनलाई कति लामो जीवन दिन्छ भन्ने स्पष्ट छैन ।

तर, यदि उनमा गरिएको यो प्रत्यारोपण सफल भयो भने त्यसले भविष्यमा लाखौंको ज्यान जोगाउन सकिने अनुमान गरिएको छ ।

अमेरिकामो प्रत्येक दिन १७ जनाको मृत्यु प्रत्यारोपणको पर्खाइमा रहेकाहरुको हुने गरेको छ र १ लाखभन्दा बढी मानिस प्रत्यारोपणको पर्खाइमा रहने गरेका छन् ।

न्यूयोर्कमा सन् २०२१ को अक्टुबरमा सर्जनहरुको एक टोलीले सुँगुरको मिगौंला प्रत्यारोपण एकजना व्यक्तिमा सफलतापूर्वक गरेको थियो । जुन त्यस समयका लागि मेडिकल क्षेत्रको उत्कृष्ट घटना मानिएको थियो ।

Last modified on 2022-01-11 11:35:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts