अमेरिकाको अस्पतालमा हालसम्मकै धेरै कोरोना संक्रमित भर्ना 



Download our app to get more features

एजेन्सी,२७ पुस । अमेरिकाको अस्पतालमा हालसम्मकै धेरै कोरोना संक्रमित भर्ना भएका छन् । 

समाचार एजेन्सीको रोयटर्सका अनुसार कोरोनाभाइरस संक्रमणका कारण यतिबेला अमेरिकामा १ लाख ३२ हजार ६ सय ४६ संक्रमित अस्पताल भर्ना छन् । 

अमेरिकामा अघिल्लो वर्ष जनवरी महिनामा यो आँकडा १ लाख ३२ हजार ५१ मात्रै थिए ।

अघिल्लो डिसेम्बरदेखि मानिसहरु अस्पताल भर्ना हुन जारी छ । डेल्टा भेरियन्टपछि ओमिक्रोन भेरियन्ट आएपछि पछिल्लो तीन हप्तामा अस्पताल भर्ना हुनेको संख्या दोब्बर भएको छ ।

रोयटर्सको विश्लेषण अनुसार डेलावेयर, इलिनोयस, मेन, मेरील्याण्ड, मञ्जुरी, ओहायो, पेन्सिल्वेनिया, प्युर्टो रिको, भर्जिनिया, वासिङ्टन डिसी र विस्कन्सिनमा रेकर्ड रुपमा कोभिड–१९ बिरामी अस्पताल भर्ना भएका छन् ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts