बलिउड गायिका लता मंगेशकरलाई कोरोना पुष्टि,आईसीयूमा भर्ना



Download our app to get more features

काठमाडौं,२७ पुस । वरिष्ठ भारतीय गायिका लता मंगेशकरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पोजेटिभ रिपोर्ट आएसँगै उनलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको क्याण्डी अस्पतालमा उपचाररत् लतालाई कोरोनाको सामान्य लक्षण देखिएको छ । 

चिकित्सकहरुका अनुसार ९२ वर्षीया लतालाई उमेरसम्बन्धी समस्या पनि भएकाले त्यसको उपचारका लागि अस्पतालमा भर्ना गरिएको हो ।

भारतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर सुरु भएसँगै सेलिब्रटीहरु पनि संक्रमित भइरहेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts