विश्वमा एकै दिन थपिए २६ लाख कोरोना संक्रमित



Download our app to get more features

काठमाडौं, २८ पुस ।  पछिल्लो २४ घण्टामा विश्वभर २६ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका नयाँ संक्रमितमध्ये अमेरिकामा ५ लाख ७५ हजार जना रहेका छन्।

यस्तै‚ फ्रान्समा ३ लाख ६८ हजार‚ इटलीमा २ लाख २० हजार, भारतमा १ लाख ८५ हजार, स्पेनमा १ लाख ३४ हजार‚ अर्जेन्टिनामा १ लाख ३४ हजार‚ बेलायतमा १ लाख २० हजार र टर्कीमा ७४ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ।

सोही अवधिमा विश्वभर झण्डै ८ हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको छ। जसमध्ये अमेरिकामा मात्रै २ हजार ६४ जनाको मृत्यु भएको छ। यस्तै‚ रसियामा ७८३, पोल्याण्डमा ४९३, जर्मनीमा ३८७, बेलायतमा ३७९, फ्रान्समा ३४१ र इटलीमा २९४ जनाको मृत्यु भएको छ। भारतमा कोरोना संक्रमणबाट १४६ जनाको मृत्यु भएको छ। कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ५५ लाख २० हजार पुगेको छ।

Last modified on 2022-01-12 10:47:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts