भारतमा एकै दिन १ लाख ९४ हजार जनामा कोरोना संक्रमण 



Download our app to get more features

एजेन्सी,२८ पुस । भारतमा एकै दिन १ लाख ९४ हजार जनामा कोरोना संक्रमण देखिएको छ । 

बुधबारको संक्रमण दर अघिल्लो दिनको तुलनामा १५ प्रतिशतले बढेको हो ।

भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ ।

भारतका २७ ओटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ । संक्रमण बढेसँगै भारत सरकारले बुस्टर डोज दिन थालेको छ ।

Last modified on 2022-01-12 10:28:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts