केही साताभित्र आधा युरोप ओमिक्रोनबाट संक्रमित हुने डब्लूएचओको चेतावनी



Download our app to get more features

ऐजेन्सी,२८ पुस । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले आगामी डेढदेखि दुई महिनामा आधा युरोप कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टबाट संक्रमित  हुने चेतावनी दिएको छ।

डब्ल्यूएचओका डा.हान्स क्लगका अनुसार ओमिक्रोन 'पश्चिमदेखि पूर्वसम्म छाल' को रूपमा युरोपमा फैलिरहेको छ। ओमिक्रोन संक्रमणको गति डेल्टा भेरिअन्टको वृद्धिदरभन्दा उच्च भएको जनाइएको छ।

यो प्रक्षेपण सन् २०२२ को पहिलो साता युरोपभरि पुष्टि भएका ६० लाख नयाँ संक्रमणका आधारमा गरिएको हो ।

गत दुई साताको अवधिमा युरोपमा संक्रमितको सङ्ख्या दोबरभन्दा बढी भएको छ ।

'सन् २०२१ को अन्त्यसम्म सबै देशले खेपिरहेको डेल्टा भेरिअन्टको लहरमा थपिएको ओमिक्रोन भेरिअन्टले पश्चिमबाट पूर्वतिर फैलिरहेको आँधीको प्रतिनिधित्व गर्छ,' डा. क्लगले पत्रकार सम्मेलनमा भने ।

उनले हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन इन्स्टिच्युटलाई उद्धृत गर्दै 'आगामी छदेखि आठ हप्तामा युरोप क्षेत्रका ५० प्रतिशतभन्दा बढी जनसङ्ख्या ओमिक्रोनबाट सङ्क्रमित हुने' चेतावनी दिएका हुन् ।

Last modified on 2022-01-13 07:30:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts