चीनको तियानजिन सहरमा कोरोना बढेपछि यात्रामा प्रतिबन्ध



Download our app to get more features

एजेन्सी,२८ पुस । चीनको तियानजिन सहरमा कोरोना संक्रमण बढेपछि यात्रामा प्रतिबन्ध गरिएको छ । 

सरकारले संक्रमण बढेपछि केही दिनअघि सो सहरमा लकडाउनको घोषणा गरेको थियो । यसअघि सरकारले सियान सहरमा पनि लकडाउन घोषणा गरेको थियो ।

तियानजिन सहरमा बुधबार एकै दिन ९७ जनामा संक्रमण देखिएको छ । ग्लोबल टाइम्सका अनुसार ओमिक्रोन संक्रमित एक जना विद्यार्थीका कारण १० जनामा संक्रमण फैलिएको थियो । 
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts