विश्वमा एकै दिन ३० लाखमा कोरोना संक्रमण‚ भारतमा २ लाख ४१ हजार



Download our app to get more features

काठमाडौं, २९ पुस ।  पछिल्लो २४ घण्टामा विश्वभर झण्डै ३० लाख कोरोना संक्रमित थपिएका छन्। अघिल्लो दिन २६ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए।

पछिल्लोपटक अमेरिकामा मात्रै ७ लाख १२ हजार जनामा कोरोना पुष्टि भएको छ। यस्तै‚ फ्रान्समा ३ लाख ६१ हजार‚ भारतमा २ लाख ४१ हजार‚ इटलीमा १ लाख ९६ हजार, स्पेनमा १ लाख ७९ हजार, अर्जेन्टिनामा १ लाख ३१ हजार, बेलायतमा १ लाख २९ हजार र अस्ट्रेलियामा १ लाख २ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।

यो अवधिमा विश्वभर साढे ७ हजार जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोनाबाट मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकामा २ हजार ९३ जना छन्। यसै गरी रसियामा ७४५, पोल्याण्डमा ६८४, बेलायतमा ३९८ र जर्मनीमा ३३१ जनाको कोरोनाबाट मृत्यु भएको छ।

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५५ लाख २९ हजार पुगेको छ। हाल विश्वमा ४ करोड ८८ लाख सक्रिय संक्रमित छन्।

Last modified on 2022-01-13 11:50:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts