भारतमा दैनिक कोरोना संक्रमित हुनेको संख्या साढे २ लाख नजिक



Download our app to get more features

एजेन्सी,२९ पुस । भारतमा कोभिड-१९ का संक्रमित लगातार बढ्न थालेका छन् । 

भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ४७ हजार ४ सय १७ जना नयाँ संक्रमित थपिएका छन् । जुन संख्या मंगलबारको तुलनामा २७ प्रतिशतले बढी हो । योसँगै भारतमा कोरोनाको कहर गत मे महिनाको अवस्थामा पुगेको छ ।

भारतमा १० दिनको अवधिमा कोरोना संक्रमितको संख्या ६ गुणाले बढेको भारतीय समाचार माध्यमले जनाएका छन् । 

हाल भारतमा सक्रिय संक्रमितको संख्या बढेर ११ लाख १७ हजार ५ सय ३१ पुगेको छ भने दैनिक पोजिटिभिटी दर १३.११ प्रतिशत पुगेको छ । त्यस्तै, कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ५ हजार ४ सय ८८ पुगेको छ ।

ओमिक्रोनका संक्रमितमध्ये महाराष्ट्रमा सबैभन्दा धेरै अर्थात् १ हजार ३ सय ६७ रहेका छन् । दोस्रो स्थानमा रहेको राजस्थानमा ओमिक्रोनबाट हालसम्म ७ सय ९२ जना संक्रमित भएका छन् । यसबाहेक, दिल्लीमा ५ सय ४९, कर्नाटकमा ४ सय ७९, पश्चिम बंगालमा २ सय ९४ र उत्तर प्रदेशमा २ सय ७५ जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको छ ।

भारतमा कोरोना भाइरसको तेस्रो लहर आक्रामक बन्दै गइरहेको छ । 

Last modified on 2022-01-13 14:47:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts