खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन खतरनाक हुने डब्लुएचओको भनाइ 



Download our app to get more features

एजेन्सी,२९ पुस । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि “खतरनाक भाइरस” भएको बताएका छन् । 

टेड्रोसले कोभिड-१९ बारे पत्रकार सम्मेलनमा बोल्दै ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस भएपनि  खोप नलगाएकाहरूका लागि भने यो खतरनाक हुने बताएका हुन । 

डब्ल्यूएचओ प्रमुखले अफ्रिकाको कोभिड खोपको दरलाई उल्लेख गर्दै भने “अफ्रिकामा ८५ प्रतिशत भन्दा बढी मानिसहरूले खोपको एक खुराक प्राप्त गर्न बाँकी छ। हामीले यो अन्तरलाई बन्द नगरेसम्म हामी महामारीको तीव्र चरण समाप्त गर्न सक्दैनौं।”

“हामी प्रगति गर्दैछौं, डिसेम्बरमा, कोभ्याक्स अन्तरेगत नोभेम्बरमा पठाइएको डोजको संख्या दोब्बर भन्दा बढी पठाउँछौं र आगामी दिनमा एक अर्ब खोप डोज पठाउने प्रयास गर्छौं,” उनले भने।

उनले गत वर्ष हामीले भोगेका केही आपूर्ति अवरोधहरू अहिले सहज हुन थालेको तर यस वर्षको मध्यसम्ममा प्रत्येक देशको ७० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्यमा पुग्न अझै लामो यात्रा गर्न बाँकी रहेको समेत उल्लेख गरेका छन् ।

त्यस्तै टेड्रोसले ओमिक्रोनको संक्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहन समेत आग्रह गरेका छन्।

Last modified on 2022-01-13 16:46:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts