भारतमा  २ लाख ६४ हजार नयाँ कोरोना संक्रमित थपिए



Download our app to get more features

ऐजेन्सी,३० पुस । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार २ सय २ जना नयाँ संक्रमित थपिएका छन् । 

जुन संख्या बिहीबार थपिएका संक्रमितको तुलनामा ६.७ प्रतिशत हो । त्यहाँ हाल कोरोनाको संक्रमण दर १४.७८ पुगेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

तर भारतमा दैनिक संक्रमितको संख्या ह्वात्तै बढे पनि मृत्यु हुनेको संख्या भने निकै कम छ । त्यहाँ पछिल्लो २४ घण्टामा २ सय १९ जना संक्रमितको मृत्यु भएको छ भने १ लाख ९ हजार ३ सय ४५ जना कोरोनामुक्त भएका छन् ।

भारतमा शुक्रबार थपिएका संक्रमितमध्ये महाराष्ट्र र दिल्लीमा सबैभन्दा धेरै छन् । पछिल्लो २४ घण्टामा महाराष्ट्रमा मात्रै ४६ हजार ४ सय ६ जना नयाँ संक्रमित थपिएका छन् । दोस्रो स्थानमा रहेको दिल्लीमा २८ हजार ८ सय ६७ संक्रमित थपिएको समाचारमा जनाइएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts