विश्वमा एकै दिन थपिए ३० लाखभन्दा बढी कोरोना संक्रमित



Download our app to get more features

काठमाडौं, १ माघ । पछिल्लो २४ घण्टामा विश्वभर ३० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका नयाँ संक्रमितमध्ये अमेरिकामा मात्रै करिब सात लाख रहेका छन्।

यस्तै‚ फ्रान्समा ३ लाख २९ हजार, भारतमा २ लाख ६७ हजार, इटलीमा १ लाख ८६ हजार र स्पेनमा १ लाख ६२ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अर्जेन्टिनामा १ लाख ३९ हजार, अस्ट्रेलियामा १ लाख ३४ हजार, ब्राजिलमा १ लाख ११हजार र बेलायतमा करिब १ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।

उक्त अवधिमा विश्वभर सात हजारभन्दा कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकाका १ हजार ८८३, रसियाका ७३९, भारतका ४३०, पोल्याण्डका ४२३, इटलीका ३६०, बेलायतका २७० र ब्राजिलका २३८ जना रहेका छन्।

यस्तै‚ कोरोना संक्रमणबाट हालसम्म विश्वभर मृत्यु हुनेको संख्या ५५ लाख ४६ हजार पुगेको छ।

 

Last modified on 2022-01-15 12:11:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts