माया मेट्रो अस्पतालमा मुटु रोगको उपचार र न्यूरो सर्जरी सेवा विस्तार



Download our app to get more features

धनगढी, १ माघ ।  धनगढीको माया मेट्रो अस्पतालले मुटु  रोगको उपचार र न्युरो सर्जरी सेवा विस्तार गर्ने भएको छ। अस्पतालले माघ १ गतेदेखि २४ घण्टे मुटु  रोगको उपचार र न्युरो सर्जरी सेवा विस्तार गर्ने जनाएको हो। 

अस्पतालका अनुसार पूर्णकालीन रुपमा उक्त सेवा सुरु हुन लागेको हो। गंगालाल अस्पतालबाट मुटु रोग विशेषज्ञ डाक्टर कृष्णचन्द्र अधिकारी र वीर अस्पतालका डाक्टर हरि पौडेलले मुटु रोग सम्बन्धीका सेवाहरु प्रदान गर्नेछन्। यस्तै माघ २ गतेदेखि ६ गतेसम्म मुटु र न्यूरो सम्बन्धिको ओपिडी सेवा निशुल्क प्रदान गरिने छ।
 

Last modified on 2022-01-15 11:25:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts