नेशनल बाथरोग सेन्टरको आयोजनामा नि:शुल्क स्वास्थ्य परीक्षण सेवा 



Download our app to get more features

काठमाडौं,२ माघ । नेशनल बाथरोग सेन्टर र बद्री तिर्थ आर्थास्टिस समाजको संयुक्त आयोजनामा नि:शुल्क स्वास्थ्य परीक्षण हुने भएको छ ।

सेन्टरले आइतबार एक कार्यक्रम गर्दै अभियानको समुद्घाटन गरेको हो ।  

हरेक बर्ष माघ महिनामा बाथरोग सम्बन्धी  जनचेतना फैलाउने अभियान अन्र्तगत नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गर्न लागिएको सेन्टरका प्रवन्धक निर्देशक रोशन कक्षपतिले बताए । 

उनका अनुसार अघिल्लो वर्षहरुमा समुदायस्तरमै गएर जनचेतना फैलाउने खालका कार्यक्रमहरु गर्ने गरेको भएपनि यो वर्ष कोरोना महामारीका कारण समुदायस्तरमा भने कार्यक्रम हुने छैन ।

नि:शुल्क स्वास्थ्य परीक्षण सेवा यहि माघ २ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने छ । उक्त सेवा नेशनल बाथरोग सेन्टरको कार्यलय रातोपुलबाट लिन सकिने छ । 

Last modified on 2022-01-16 16:26:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts