भारतमा साढे २ लाख बढी कोरोना संक्रमित थपिए 



Download our app to get more features

एजेन्सी,३ माघ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा हालसम्म कोभिड संक्रमितको संख्या कुल ३ करोड ७३ लाख ८० हजार पुगेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा ३ सय ८५ जना संक्रमितको मृत्यु भएको छ ।  

यस्तै  कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या एक दिनमा ६.०२ प्रतिशतले वृद्धि भएको छ । 

पछिल्लो २४ घण्टामा ४ सय ६६ जना ओमिक्रोन भेरियन्टका संक्रमित थपिएसँगै यो भेरियन्टबाट संक्रमित हुनेको संख्या ८ हजार २ सय ९ पुगेको भारतीय समाचार माध्यमले जनाएका छन् । 

Last modified on 2022-01-17 13:01:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts