विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २७ करोड नाघ्यो, थपिए ३० लाखभन्दा बढी सङ्क्रमित



Download our app to get more features

काठमाडौं, ५ माघ । विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २७ करोड नाघेको छ ।

कोरोना सम्बन्धी तथ्याङ्क अद्य्यावधिक गर्दै आपको वर्ल्ड मिटरका अनुसार गत २४ घन्टामा विश्वभर १६ लाख ४३ हजार ४ सय ९९ जना स्वस्थ भएका छन् ।

योसंगै विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २७ करोड  ७ लाख ९० हजार ६ सय १५ पुगेको छ ।

यस्तै विश्वभर गत २४ घन्टामा ३० लाख १६ हजार ९ सय ७४ नया सङ्क्रमित थपिएका छन्।

योसंगै विश्वभर कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ३३ करोड ५२ लाख ८६ हजार ८ सय ५४ पुगेको छ।

यस्तै गत २४ घन्टामा विश्वभर ८ हजार ३९ जनाको कोरोनाका कारण मृत्यु भएको छ। 

योसंगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५५ लाख ७३ हजार ३ सय ८१ पुगेको छ ।

Last modified on 2022-01-19 10:52:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts