ओमिक्रोन भेरियन्टलाई सामान्य रोग भन्नु भ्रमपूर्ण : डब्ल्यूएचओ



Download our app to get more features

 ऐजेन्सी,५ माघ । विश्व स्वास्थ्य संगठनका प्रमुखले कोभिड-१९ को नयाँ भेरियन्टलाई सामान्य ठान्नु भ्रम रहेको बताएका छन् ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले ओमिक्रोनलाई सामान्य भेरियन्ट ठान्नु भ्रम रहेको बताएका हुन् ।

ओमिक्रोन भेरियन्ट अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भए पनि यसलाई नजरअन्दान गर्न नहुने गेब्रेयससको भनाइ थियो ।

उनले भने,‘यो सामान्य रोग हो भन्ने कथ्य भ्रमपूर्ण छ’,‘ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेका छन् भने मृत्यु पनि भएको छ र सामान्य संक्रमणबाटै स्वास्थ्य केन्द्रमा अत्यधिक भीडभाड भएको छ ।’

गेब्रेयससले पत्रकार सम्मेलनमा ओमिक्रोनका कारण गत हप्तामात्रै विश्वभर १ करोड ८० लाख नयाँ संक्रमित थपिएको पनि बताए । 

कैयौं मुलुकमा खोप लगाउने मानिसको संख्या कम रहेको भन्दै खोप नलगाएका मानिसहरू गम्भीर संक्रमित र मृत्यु हुने उच्च जोखिममा रहेको पनि उनको भनाइ थियो ।

Last modified on 2022-01-23 07:08:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts