अष्ट्रियामा कोरोनाविरुद्धको खोप अनिवार्य गर्ने कानुन संसदबाट पारित



Download our app to get more features

ऐजेन्सी,७ माघ । अष्ट्रियामा कोरोना भाइरसविरुद्धको खोप लगाउन मिल्ने समूहका सवैलाई खोप अनिवार्य गर्ने कानुन संसदबाट पारित भएको छ । आगामी महिनादेखि लागु हुनेगरी बिहीबार उक्त कानुन संसदबाट पारित भएको हो । 

अनिवार्य खोप लगाउनुपर्ने प्रस्तावलाई त्यहाँको तल्लो सदनले पारित गरेका हुन् । त्यस्तो विधयेक कानुन बन्न माथिल्लो सदनबाट पारित भएपछि राष्ट्रपतिबाट अनुमोदन हुनै पर्छ।

योसँगै खोप लगाउन मिल्ने समूहलाई खोप अनिवार्य गर्ने पहिलो युरोपेली देश अष्ट्रिया बनेको छ । 

तर कतिपयले भने अनिवार्य खोपको व्यवस्था गर्नु व्यक्तिगत स्वतन्त्रता विपरित हुने भन्दै विरोध प्रदर्शन गरिरहेका छन्। 

पछिल्लो सरकारी विवरण अनुसार अष्ट्रियाका खोप लगाउन योग्य कुल जनसङ्ख्या मध्ये ७२ प्रतिशतले कोरोनाभाइरस विरुद्धको पुरै खोप लगाइसकेका छन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts