भारतमा एकैदिन २ लाख बढी कोरोना संक्रमित थपिए 



Download our app to get more features

ऐजेन्सी,११ माघ । भारतमा पछिल्लो २४ घण्टामा  २ लाख ५५ हजार ८ सय ७४ जना कोरोना संक्रमित थपिएका छन ।  

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ सय १४ जनाको मृत्यु भएको छ । 

त्यस्तै  पछिल्लो २४ घण्टामा भारतमा २ लाख ६७ हजार ७ सय ५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

अहिले भारतमा  २२ लाख ३६ हजार ८ सय ४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts