भारतमा काेराेना सङ्क्रमितको सङ्ख्या फेरि बृद्धि, एकै दिन थपिए दुई लाख ८६ हजार



Download our app to get more features

एजेन्सी, १२ माघ । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ। बुधबार विहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८५ हजार ९१४ जना नयाँ सङ्क्रमित भएका छन्। 

संघीय स्वास्थ्य मन्त्रालयले अघिल्लो दिन मङ्गलबार भने भारतमा थप दुई लाख ५५ हजार ८७४ जना नयाँ सङ्क्रमित भएको विवरण सार्वजनिक गरेको थियो। कुल सङ्क्रमितहरु मध्ये ९३.२३ प्रतिशत अहिलेसम्म सङ्क्रमणमुक्त भइसकेका छन्। ती मध्ये दुई लाख ९९ हजार ७३ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् । 

पछिल्लो समय एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै देखिएको छ। त्यसैले भारतमा सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएको छ। भारतमा अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या २२ लाख २३ हजार १८ रहेको छ। जबकी अघिल्लो दिन २२ लाख ३६ हजार ८४२ रहेको थियो।

Last modified on 2022-01-26 16:35:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts