पश्चिम बंगालको एक अस्पतालको कोभिड वार्डमा आगलागी



Download our app to get more features

काठमाडौं, १५ माघ । भारतको पश्चिम बंगालको बर्दवान मेडिकल कलेज अस्पतालको कोभिड वार्डमा आगलागी हुँदा एक बिरामीको मृत्यु भएको छ।

मृतक कोभिड १९ उपचाररत महिला रहेको जनाइएको छ।

अस्पतालका अनुसार आगलागी बिहान साढे ४ बजे शुरु भएको थियो। आगलागी देख्नेबित्तिकै एक बिरामीले अरु बिरामीलाई उठाएका थिए। शुरुमा आगो अस्पतालका कर्मचारीले नै नियन्त्रणमा लिन खोजेका थिए तर पछि अग्निनियन्त्रकको सहयोगमा आगो निभाइएको थियो।

बिरामीका परिवारले अस्पताल प्रशासनको गम्भीर लापरवाहीको कारण आगो लागेको आरोप लगाएका छन्। अग्नि नियन्त्रकले भने सट–सर्किटको कारण आगलागी भएको हुनसक्ने बताएका छन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts