भारतमा २४ घन्टामा २ लाख ३४ हजार बढी कोरोना संक्रमित थपिए



Download our app to get more features

ऐजेन्सी,१६ माघ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २ सय ८१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ३४ हजार २ सय ८१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ८ सय ९३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

त्यस्तै, भारतभर पछिल्लो २४ घण्टामा ३ लाख ५२ हजार ७ सय ८४ जना संक्रमित निको भएका छन् । हाल भारतमा १८ लाख ८४ हजार ९ सय ३७ जना सक्रिय संक्रमित छन् । 

Last modified on 2022-01-30 12:35:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts