बच्चामा वृद्धि विकास भए/नभएको यसरी थाहा पाउनुहोस्



Download our app to get more features

बालबालिका भनेको संवेदनशील उमेर समूह हो । अन्य उमेर समूह भन्दा बालबालिकाको वृद्धि विकासका लागि विषेश ध्यान दिनुपर्छ । त्यति मात्रै नभइ बालबालिका भने को भविष्यका कर्णधार पनि हुन् । त्यसकारण सुन्दर भविष्य चाहने हो भने शिशु गर्भमा बसेदेखि नै उसलाई स्वस्थ वातावरण दिनुपर्छ । अन्यथा उसको शारीरिक, मानसिक वृद्धि र विकासमा असर पर्छ ।

बच्चामा समय अनुसार शारीरिक र मानसिक विकासका लागि निम्न विषयमा ध्यान दिन इण्डोक्राइनोलोजिष्ट बजरङ्गकुमार रौनियारको सुझाव छ :

बाल्यकाल मानव जीवनको सबैभन्दा महत्वपूर्ण समय हो ।शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक हरेक दृष्टिले यो समय निकै महत्वपूर्ण मानिन्छ । यो उमेरमा देखापर्ने विशेषताका आधारमा उसको भविष्यको आकलन गर्न सकिन्छ । 

गर्भमा र जन्मेपछि शिशुले पाउने स्याहार सुसार, खानपान हरेक कुराले उसको शारीरिक मानसिक वृद्धिविकासमा महत्वपूर्ण भूमिका खेल्छ । 

वृद्धि विकास भए/नभएको यसरी थाहा पाउने  गर्भमा रहदा पनि बच्चाको वृद्धि र विकास भए/नभएको भिडियो एक्स रे गरेर थाहा पाउन सकिन्छ । साथै आमाको पेटको आकार, बच्चाले पेटभित्र गर्ने चाल आदिबाट पनि थाहा पाउन सकिन्छ ।  साथै जन्मेपछि पनि उसले सोही उमेरका अन्य बच्चाको जस्तो व्यवहार देखाएको छ की छैन? असामान्य व्यवहार देखाएको छ की ? उसको उचाई, तौल सामान्य छ की छैन् ? उसमा आउनु पर्ने परिपक्वता आएको छ की छैन् ? स–साना कुरामा ध्यान पुर्याउनु पर्छ ।

यदि बच्चामा व्यावहार, बोली, उसका क्रियाकलाप, शरीरका अंगमा वृद्धि सामान्य रुपमा भएको छैन भने उसको वृद्धि विकासमा के कारण असर पुगिरहेको पत्ता लगाउनु पर्छ ।

वृद्धि विकास रोक्ने व्यवहार 

गर्भमा रहदा,  आमामा पौष्टिक आहारको कमी हुनु ।

आइरन चक्की, क्याल्सियमको प्रयोग नगर्नु ।

चोटपटक लाग्नु ।

शारीरिक तथा मानसिक तवान हुनु ।

उच्च रक्तचाप, मधुमेह लगायतका समस्या देखिनु ।

जथाभावी औषधिको सेवन गर्नु ।

जन्मपश्चात, बच्चा जन्मेको ६ महिनासम्म आमाको दुध नखुवाउनु ।   

शिशु ६ महिना भएदेखि २ वर्षसम्म आमाको दुध बाहेक सन्तुलित रुपमा पौष्टिक आहार नखुवाउनु ।

बच्चा तथा आमा सफासुग्गर नहुनु ।

आमामा पौष्टिक आहारको कमी हुनु ।

उमेर अनुसारका खोपहरू नलगाउनु । 

बच्चा पटकपटक बिरामी हुनु ।

उसको उमेर अनुसार खेल्न, पढ्न, हिडडुल गर्न, समाजमा घुलमिल गर्न रोक लगाउनु ।

वंशाणुगत गुण ।

निम्न कुरामा ध्यान दिने :

गर्भमै रहँदै आवश्यक खानपान, सरसफाई, खोप लगायतका सबै कुरामा राम्रो ध्यान पुर्याउनु पर्छ ।

जन्मिएपछि आमाको साथै परिवारले सबै सदस्यले बच्चाको विकास र वृद्धिमा ध्यान दिनुपर्छ । 

बच्चाको व्यवहार सामान्य छ/छैन, यसमा आउनु पर्ने परिवर्तन स्वभाविक ढंगले आएको छ÷छैन विचार गर्नुपर्छ । 

कुनै पनि कुरा असामान्य लागे चिकित्सकको परामर्श लिनुपर्छ । त्यसपछि असामान्य हुनुको कारण पत्ता लगाई उपचार गरि सामान्य अवस्थामा ल्याउन सकिन्छ ।

 

Last modified on 2022-01-31 15:53:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts