अध्यक्ष र मेसुको पहलमा भरतपुर अस्पतालमा निरन्तर सरसफाइ अभियान



Download our app to get more features

चितवन, १० माघ । चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालको सरसफाइ अभियानले निरन्तरता पाएको छ । 

कोभिड कहरको तेस्रो लहरसम्म आईपुग्दा अस्पतालको विभिन्न सेवा समेत प्रभावित भएको बेला सरसफाइ अभियानले भने निरन्तरता पाएको हो ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारी र मेडिकल सुपरिटेन्डेन्ट (मेसु) प्रा. डा.कृष्णप्रसाद पौडेलको संयुक्त प्रयासमा सो अभियानले निरन्तरता पाएको छ । अस्पताल परिसरमा फोहर हुँदा कोरोनालगाएत अन्य सङ्क्रामक रोगको जोखिम बढ्न सक्ने भन्दै सरसफाइलाई निरन्तरता दिएको मेसु डा. पौडेलले बताए ।

'स्वच्छ वातावरण–स्वास्थ्य जीवन, फोहोरमैला जथाभावी फाल्ने समाजका शत्रु हुन' भन्दै अस्पतालले नियमित सरसफाइ बाहेक पनि प्रत्येक सोमबार सञ्चालन गर्दै आएको सरसफाइ अभियानले आज सोमबार पनि निरन्तरता पाएको छ । 

अस्पताल सफा राख्न त्यहाँ सेवा लिन जाने तपाईं हामी सबैको उतिकै भूमिका रहन्छ । तपाईं हामीले गर्ने फोहर उचित ठाउँमा व्यवस्थापन गरौं, जथाभावी नफालौं । सबैको साझा प्रयासबाट अस्पताल लगाएतका अन्य सार्वजनिक स्थानलाई सफा राख्न सकिन्छ ।

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts