चिकित्सा शिक्षा तर्फ पिजीको प्रवेश परीक्षा नतीजा प्रकाशित, माघ १९ सम्म निवेदन पेश गर्न सकिने



Download our app to get more features

काठमाडौं, १७ माघ । चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी) प्रवेश परीक्षाको नजिता  सार्वजनिक गरेको छ ।

आयोगकाे कार्यकारी समितिले आइतवार नतिजा सार्वजनिक गरेको हो।

आयोगले माघ ८ देखि १० गतेसम्म लिएको परीक्षामा देशभरका ३९ परीक्षा केन्द्रमा ८ हजार ६ सय २९ परीक्षार्थी सहभागी भएका थिए। 

​​​​आयोगले राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ (संशोधन सहित) को नियम १६ बमोजिम दुर्गम क्षेत्रमा काम गरेको अनुभवको अङ्क प्राप्त गर्ने उम्मेदवारको हकमा सो अङ्कसहित समावेश गरी कयम हुन आएको कुल अङ्कको आधारमा योग्यताक्रम निर्धारण गरेको जनाएको छ ।

साथै आयोगले आज बिहान १० बजेदेखि माघ १९ गते साँझ ५ बजेसम्म उत्तिर्ण गरेकालाई निवेदन पनि पेश गर्न भनेको छ ।

नतिजासहित :

Hamro Doctor
Last modified on 2022-01-31 08:48:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts