क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना संक्रमण



Download our app to get more features

एजेन्सी, १८ माघ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोरोना संक्रमण भएको छ। कोरोना भाइरसविरुद्धको बुस्टर डोज समेत लगाइसकेका ट्रुडोले संक्रमण देखिएपछि आफू आइसोलेशनमा रहरे काम गरिरहने जनाएका छन्। साथै, उनको दुई सन्तानमा पनि संक्रमण देखिएको छ।

प्रधानमन्त्री ट्रुडो र उनको परिवार अहिले कहाँ छन् भन्ने बारेमा केही सार्वजनिक गरिएको छैन। ओमोक्रन भेरियन्ट फैलिएपछि क्यानडामा सरकारले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै विभिन्न प्रतिबन्धहरु घोषणा गरेको थियो। सरकारको उक्त निर्देशनको विरोधमा ओटावामा प्रर्दर्शन चर्किएपछि ट्रुडो परिवारलाई 'गुप्त स्थान'मा लगिएको थियो। ट्रुडो आफ्नो परिवार सहित केहीदिन देखि सोही स्थानमा बस्दै आइरहेका थिए। 

ट्रुडोले आफूलाई संक्रमण देखिएको घोषणा गरेपछि भ्याक्सिन लगाउने कार्यको विरोधमा प्रदर्शन गरिरहेकाहरुको आलोचना समेत गरेका छन्। उनले सबै नागरिकलाई भ्याक्सिन लगाउन र खोपको पूर्ण मात्रा लगाइसकेकालाई बुस्टर डोज लगाउन समेत आग्रह गरेका छन्।

 

Last modified on 2022-02-02 10:20:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts