भारतमा एकै दिन एक लाख ६७ हजार बढी सङ्क्रमित



Download our app to get more features

काठमाडौं, १८ माघ । भारतमा कोरोना भाइरसका कारण थप एक ६७ हाजार भन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड १४ लाख ६९ हजार ४९९ सङ्क्रमित भएका केद्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले  मङ्गलबार जनाएको छ।
 
सरकारी अधिकारीहरूले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा एक लाख ६७ हजार ५९ नयाँ सङ्क्रमित भएका हुन्। पछिल्लो एक दिनमा भारतमा  एक हजार १९२ जनाको कारोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ। यससँगै कोरोना भाइरसका कारण मृत्यु भएका कुल मृतकको सङ्ख्या चार लाख ९६ हजार २४२ पुगेको छ।  
 
मन्त्रालयले १७ लाख ४३ हजार ५९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको जनाएको छ। यस अवधिमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो।

सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा दुई लाख ५४ हजार ७६ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। यसैसँगै भारतमा तीन करोड ९२ लाख ३० हजार १९८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।    

Last modified on 2022-02-02 10:21:51


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts