विमानस्थलमा पीसीआर परीक्षण गर्न क्रिस्टल र सिद्धि ल्याबलाई अनुमति



Download our app to get more features

काठमाडौं, १८ माघ । त्रिभुवन विमानस्थलभित्र पीसीआर परीक्षणका लागि क्रिस्टल डायनोस्टिक र सिद्धि पोलिक्निक प्रयोगशालाले अनुमति पाएका छन् । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सरकारबाट ए ग्रेड मान्यता प्राप्त क्रिष्टल डाइनोष्टिक ल्याब र सिद्धी पोली प्याथ ल्याबलाई विमानस्थलमा पीसीआर परीक्षणका लागि अनुमति दिएको हो । 

स्थलगत निरीक्षणमा उत्कृष्ट ठहरिएका यी दुई ल्याबलाई त्रिभुवन विमानस्थलमा ल्याब सञ्चालन गर्न अनुमति दिइएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। 

यसअघि विमानस्थलमा पीसीआर परीक्षणका लागि स्टार अस्पतालको प्रयोगशाला, सुमेरु अस्पतालको प्रयोगशाला र महेन्द्रनारायण निधि मेमोरियल अस्पताल प्रयोगशालाले मात्रै मान्यता पाएका थिए ।  

स्वास्थ्य मन्त्रालयले विमानस्थल परिसरमा पीसीआर परीक्षण प्रयोगशाला सञ्चालन सम्बन्धी कार्यविधि २०७८ जारी गरेको छ । 

गत पुस २५ गते स्वीकृती प्राप्त यसकार्यविधि अनुसार माथि उल्लेखित ३ र थप २ प्रयोगशालाले विमानस्थलमा पीसीआर परीक्षणका लागि मान्यता पाएका हुन् । 

युएई जाने यात्रुहरूको ४८ घण्टाभित्र पिसिआर गरेर नेगेटिभ आएकाहरूको मात्र नमूना संकलन गर्न यी ल्याबलाई भनिएको छ। विमानस्थलमा नमूना लिएर बाहिर नपठाउन पनि यी ल्याबहरूलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निर्देशन दिएको छ।

Hamro Doctor
Last modified on 2022-02-01 16:39:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts