भारतमा घट्दै कोभिड संक्रमित, मृत्यु हुनेकाे संख्या भने बढ्दै

एजेन्सी, १९ माघ । भारतमा कोभिड संक्रमण निरन्तर घटिरहेको छ। पछिल्लो २४ घन्टामा भारतमा १ लाख ६७ हजार नयाँ संक्रमित देखिएका छन्। यो अघिल्लो दिनको तुलनमा २० प्रतिशत कमी हो। मंगलबार २ लाख नौ हजार नयाँ संक्रमित देखिएका थिए।
अहिलेसम्म भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड १४ लाख नाघेको छ। पछिल्ला साता संक्रमण क्रमिकरुपमा घटे पनि मृत्यु हुनेको संख्या भने बढिरहेको छ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा भारतमा कोभिडबाट एक हजार १९२ जनाको मृत्यु भएको छ। कोभिडबाट सबैभन्दा बढी केरलामा मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा केरलामा ६३८ जनामा संक्रमण देखिएको छ।
कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सरकारले खोप अभियान पनि तीव्र पारेको छ। भारतमा अहिलेसम्म ७५ प्रतिशत वयस्कले पूर्ण खोप लगाएका छन्।
Last modified on 2022-02-02 16:02:37