भारतमा १ लाख ४९ हजार बढी कोरोना संक्रमित थपिए 



Download our app to get more features

एजेन्सी,२१ माघ । भारतमा गत २४ घन्टामा १ लाख ४९ हजार ३ सय ९४ कोरोना संक्रमित थपिएका छन । 

केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका अनुसार सोही अवधिमा थप १ हजार ७२ को कोरोनाका कारण मृत्यु भएको छ । 

भारतमा कोरोना सुरु भएदेखि हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या पाँच लाख ५५ जना पुगेको छ। कोरोना संक्रमणको कारण ज्यान गुमाउने सबभन्दा धेरै महाराष्ट्र राज्यका नागरिक रहेको जनाइएको छ।

महाराष्ट्रमा कोरोना संक्रमणको  कारण १ लाख ४२ हजार ८ सय ५९ व्यक्तिको मृत्यु भएको छ। त्यसपछि केरलामा ५६ हजार ७ सय १, कर्नाटकामा ३९ हजार १ सय ९७ , तमिल नाडूमा ३७ हजार ६ सय ६६, दिल्लीमा २५ हजार ९ सय ३२ र उत्तर प्रदेशमा २३ हजार २ सय ७७ जनाको कोरोनाको कारण ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएको छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts