विश्वभर थपिए झन्डै ३० लाख सङ्क्रमित, निको हुनेको सङ्ख्या ३१ करोड नाघ्यो



Download our app to get more features

एजेन्सी, २२ माघ । विश्वभर कोरोना महामारीका सङ्क्रमित हुनेको सङ्ख्या ३९ करोड नाघेको छ । कोरोना महामारीको तेस्रो चरणको लहरका कारण तीव्र गतिमा फैलिरहेको सङ्क्रमणले मानिसहरू सङ्क्रमित हुने क्रम पनि तीव्र बनेको छ ।

पछिल्लो समय कोरोनाको ओमिक्रोन भेरिएन्टको सह प्रजाति स्टिल्थका कारण सङ्क्रमणदर तीव्र बनेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

गत २४ घन्टामा विश्वभर २९ लाख १२ हजार ४ सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमा सबैभन्दा धेरै अमेरिकामा २ लाख ८१ हजार ४ सय ६९, फ्रान्समा २ लाख ४१ हजार ४९, ब्राजिलमा २ लाख १९ हजार २ सय ९८ र भारतमा १ लाख २५ हजार ९ सय ४१ ज्नामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ३९ करोड ११ लाख ४२ हजार नाघेको छ ।

यस्तै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५७ लाख ४१ हजार नाघिसकेको छ । गत २४ घन्टामा विश्वभर थप ११ हजार २ सय ८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

जसमा सबैभन्दा धेरै अमेरिकामा २ हजार ६ सय १९, ब्राजिलमा १ हजार ६८ र भारतमा १ हजार ५६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५७ लाख ४३ हजार १ सय ९ पुगेको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर २३ लाख ९९ हजार २ सय ५८ जना स्वस्थ भएका छन् योसँगै विश्वभर कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३१ करोड १ लाख ९० हजार ५ सय ७३ पुगेको छ ।

Last modified on 2022-02-06 07:00:14


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts