रोग प्रतिरोधात्मक क्षमता कमजोर भएपछि यस्ता सङ्केत देखिन्छन्...



Download our app to get more features

कोरोना होस् वा अन्य कुनैपनि भाइरल इन्फेक्सनबाट जोगाउनका लागि शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो हुनु आवश्यक हुन्छ । तर, तपाईंको रोग प्रतिरोधात्मक क्षमता कमजोर भयो भने त्यसले तपाईंलाई रोगसँग लड्न मद्दत पुग्दैन । 

कुनैपनि रोगबाट लड्नका लागि सबैभन्दा पहिले त रोग प्रतिरोधात्मक क्षमतलाई नै बलियो बनाउनुपर्छ । अन्यथा रोगले चाँडै सङ्क्रमण गराउने हुन्छ । तर, त्यसका लागि शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा देखिने सङ्केतबारे जानौंः

निरन्तर थकान महसुस भइरहने : रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरूमा निद्रा पूरा भएपनि थकान महसुस हुने गर्छ । त्यसकारण, निद्रा पूरा भएपनि यदि थकान निरन्तर महसुस भइरहेको छ भने तपाईंको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको बुझ्नुपर्छ । 

रुघाखोकीः पटकपटक रुघाखोकी लागि रहनु या लामो समयसम्म रुघाखोकी हुुनु पनि रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको सङ्केत हो ।

पेटको समस्याः प्रायः झाडापखाला लाग्ने, सुन्निने र कब्जियत जस्ता पेटसँग सम्बन्धित समस्या भइरहन्छ भने तपाईंको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको बुझ्नुपर्छ ।

तनावमा हुनुः अत्यधिक तनाव लिने व्यक्तिमा कुनैपनि रोगको सङ्क्रमणसँग लड्ने सेतो रक्तकोष कम हुन थाल्छ । त्यसकारण तनाव बढी लिनु हुँदैन ।

घाउ निको हुन समय लाग्ने : यदि तपाईंको शरीरमा कुनैपनि घाउ छ र त्यो निको हुन लामो समय लागेको छ वा लाग्ने गरेको छ भने पनि त्यो कमजोर रोग प्रतिरोधात्मक क्षमताको सङ्केत हो ।

मुखमा घाउ हुनुः विशेषगरी बी कम्प्लेक्सको कमीले मुखमा सेतो सेतो छाला फुटेको घाउ आउने गर्छ । साथै गिजाहरूपनि सुन्निने गरेको छ भने त्यो रोग प्रतिरोधात्मक क्षमता कमजोरका कारण हुन्छ ।

भिटामिन डीको कमी : जो व्यक्तिमा भिटामिन डीको कमी हुन्छ, ती व्यक्तिमा पनि रोेग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ ।

विभिन्न कारणले गर्दा मानिसमा यी समस्या देखिने गर्छ । जानीजानी कोही पनि रोगी बन्न चाहँदैन । त्यसकारण, आफ्नो शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनका लागि सन्तुलित र स्वस्थ खानपान नियमित गर्नुपर्छ भने व्यायाम पनि गर्नु आवश्यक हुन्छ । खानपानका लागि आहार विशेषज्ञ र व्यायामका लागि प्रशिक्षकलाई सम्पर्क गर्नु झन् उचित हुन्छ । 

Last modified on 2022-02-06 13:42:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts