भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन



Download our app to get more features

एजेन्सी,२३ माघ । भारतीय गायिका लता मंगेशकरको निधन भएको छ। हिन्दुस्तान टाइम्सका अनुसार मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको हो । 

कोरोना संक्रमण भएपछि उनी २७ दिनदेखि अस्पतालमा उपचाररत थिइन् । केही दिनयता उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

मंगेशकरको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । उनले आफ्नो जीवनकालमा ३६ भाषामा ३० हजार बढी गीत गाएकी थिइन्।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts