कोरोना खोपविरुद्धको आन्दोलन चर्किएपछि क्यानडाको राजधानीमा संकटकाल घोषणा



Download our app to get more features

ऐजेन्सी,२४ माघ । क्यानडामा कोरोना खोपविरुद्धको आन्दोलन चर्किएपछि राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ । 

ओटावाका मेयरले सहर नियन्त्रण बाहिर रहेकाले पुरानै अवस्थामा फर्काउन संकटकाल लगाइएको बताएका छन् ।

क्यानडामा कोरोनाविरुद्वको खोप अनिवार्य गरेपछि त्यसको विरोधमा ट्रक चालकहरुले आन्दोलन गरिरहेका छन । सुरुमा ट्रक चालकहरुले थालेको आन्दोलनमा अन्य व्यक्तिहरुले पनि साथ दिएपछि क्यानडाको राजधानी सहर ठप्प जस्तै भएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

आन्दोलनकारीले सडकमा ट्रक तेर्स्याएर र टेन्ट राखेर यातायात आवागमन बन्द गराएका छन् । आन्दोलनको क्रममा हिंसा र दुर्व्यवहार भएको भन्दै उजुरी पनि परेका छन् ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts