भारतमा कोरोनाविरुद्वको स्पुत्निक लाइट रुसी खोपलाई आपत्कालीन प्रयोगको अनुमति



Download our app to get more features

ऐजेन्सी,२४ माघ । भारतले कोभिडविरुद्ध एक मात्रा लगाए पुग्ने रूसमा निर्मित नयाँ खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ।

स्वास्थ्य मन्त्री मनसुख मांडवियाले ट्वीट गर्दै  'स्पुत्निक लाइट' नामको नयाँ खोपलाई स्वीकृति दिइएको बताएका हुन । 

भारतले अहिलेसम्म योसहित नौ खोपलाई स्वीकृति दिएको छ। तीमध्ये तीन खोप भारतमा निर्मित हुन्।

अहिलेसम्म भारतमा झन्डै एक अर्ब ७० लाख मात्रा खोप लगाइएको विवरण सार्वजनिक गरिएको छ।

खोपयोग्य वयस्क व्यक्तिहरूमध्ये ७६ प्रतिशतले पूर्ण मात्रा खोप र ९९ प्रतिशतले कम्तीमा एक मात्रा खोप प्राप्त गरेको भारतीय तथ्याङ्क छ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts