विश्वभर कोरोना संक्रमितको संख्या ४० करोड नाघ्यो



Download our app to get more features

काठमाडौं, २६ माघ । विश्वभर कोरोना संक्रमितको संख्या ४० करोड नाघेको छ। पछिल्लो २४ घण्टामा थप २१ लाख १६ हजार संक्रमित थपिएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ४० करोड २६ लाख ६ हजार पुगेको हो।

पछिल्लोपटक जर्मनीमा २ लाख १२ हजार, ब्राजिलमा १ लाख ७१ हजार ४००, रुसमा १ लाख ६५ हजार, अमेरिकामा १ लाख ४२ हजार ९००, टर्कीमा १ लाख ११ हजार, इटलीमा १ लाख १ हजार ८, भारतमा ६९ हजार ४०० जना संक्रमित भएका छन्।

सोही अवधिमा १० हजार ९०० जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसमध्ये अमेरिकाका २ हजार २००‚ भारतमा १ हजार २०० र ब्राजिलमा १ हजार १०० जना रहेका छन्। रुसमा ६००, इटलीमा ३००, स्पेनमा ३०० जनाको मृत्यु भएको छ। योसँगै विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ लाख ८० हजार पुगेको छ। हाल विश्वभर ७ करोड ४१ लाख ८७ हजार ७०० सकृय संक्रमित छन्।

Last modified on 2022-02-10 08:15:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts